च्याम्पियन्स लिगमा दुई इंग्लिस क्लब लिभरपुल र सिटी विजयी

Read Time:2 Minute

युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा दुई इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले विजयी भएका छन् । यो जितले दुवै टिमको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

लिभरपुलले क्वाटरफाइनल पहिलो लेगमा पोर्चुगिज क्लब बेनफिकालाई उसकै घरमा ३–१ ले हरायो । लिभरपुलका इब्राहिम कोनाटे, साडियो माने र लुइस डियाजले गोल गर्दा बेन्फिकाका डरविन नुनेज गोल गरेका थिए।

बेन्फिकाको मैदानमा १७ औं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए। ३४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २–०ले पछि परेको बेन्फिाकाले दोस्रो हाफको सुरुआतमै गोल गर्दै खेलमा फर्कने प्रयास ग¥यो। ४९औं मिनेटमा उसका डार्विन नुनेजले गोल गरेका थिए । तर, ८७औं मिनेटमा डियाजले गोल गरेपछि लिभपुलले ३–१ले विजयी भयो ।

अर्को खेलमा सिटीले घरमा एटलेटिको म्याड्रिडलाई १–० ले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७०औं मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले फिल फोडेनको पासमा गोल गरेका थिए ।

खेलमा एट्लेटिकोलाई पूर्णरुपमा दबाबमा राखेपछि सिटीले थप गोल गर्न सकेन । उसले ७१ प्रतिशत बल पोजेसन बनाउँदै १५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो । यता, एट्लेटिकोले खेलअवधिभर गोलको अवसर नै सिर्जना गर्न सकेन् । उसले सिटीको पोस्टमा कुनै पनि सट प्रहार गर्न सकेन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post द हन्ड्रेडमा बिकेनन् सन्दीप
Next post आइपिएलमा राजस्थानमाथि बैंग्लोरको जित
Close