लिभपुल र टोटहमले खेले बराबरी

इंग्लिस प्रिमियर लिग अन्गर्तत आइतबार राति भएको खेलमा लिभरपुल र टोटनहमले बराबरी खेलेका छन्। टोटनहमको घरेलु मैदानमा आइतबार राति भएको खेलमा दुवै टिमले अग्रता जोगाउन नसक्दा २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा टोटनहमका लागि ह्यारी केन र ह्युङ मिन सनले गोल गरे भने लिभरपुलका डिएगो जोटा र एन्ड्रिउ रोबर्टसनले गोल गरे।

१३औं मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। उनले टांगी एनडोम्वेलेको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

खेलको ६९औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई खेलमा २–१ को अग्रता दिलाए। ७४औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। ७७औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। इमर्सन रोयललाई फउल गरेपछि रोबर्टसन रातो कार्ड पाएकाा थिए।

बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको लिभरपुलको १८ खेलबाट ४१ अंक पुगेको छ। लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ३ अंकले पछि परेको छ। टोटेनहम १५ खेलबाट २६ अंक जोडेर सातौ स्थानमा रहेको छ।

Facebook Comments Box