इपिएल उपाधि होड रोमाञ्चक, लिभरपुल शीर्ष स्थानमा

इङ्लिस प्रियिमर लिगको उपाधि भिडन्त रोचक मोडमा पुगेको छ । लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई २–० ले हरायो र, उपाधि होडमा सिटीलाई दबाब दियो ।


जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको जितले म्यानचेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । लिभरपुलले ३५ खेलबाट ८८ अंक बनाएको छ । एक खेल कम खेलेको सिटीको ८६ अंक छ ।

लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । लिभपुलका लागि जर्जिन्हो विज्नल्डमले ५८ औं मिनेटमा खाता खोले । उनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गरेका थिए । त्यस्तै ८१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।

मोहम्मद सलाहको प्रहारलाई रोक्ने क्रममा कार्डिफका मोरिसनले डिबक्सभित्र ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो ।

प्रिमियर लिगकै अर्काे खेलमा चौथो स्थानमा रहेको आर्सनल क्रिस्टल प्यालेससँग ३–२ गोलले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलमा क्रिस्टल प्यालेसको जितमा क्रिस्टियन बेन्टेकले १७ औं, विलफ्रिड जाहाले ६१ औं र जेम्स अर्थरले ६९ औं मिनेटमा गोल गरे । आर्सनलका मेसुट ओजिलले ४७ औं र पिर्रे इमरिक अउबामियाङले ७७ औं मिनेटमा गोल गरेका थिए ।

यो हारसँगै आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथोँ स्थानमा रहेको आर्सनलको ६६ अंक रहेको छ । ६७ अंकसहित टोट्टहाम तेस्रो स्थानमा छ । ४२ अंक बनाएको क्रिस्टल प्यालेस १२औं स्थानमा छ । अर्को खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP