लिभरपुल उपाधि नजिक, क्रिस्टल प्यालेस ४–० पराजित

लिभरपुल ३ दशकपछि इंग्लिस प्रियिमर लिगको उपाधि नजिक पुगेको छ । ३० वर्षपछि च्याम्पियन बन्न लिभरपुललाई अब २ अंक मात्र आवश्यक छ ।

लिभरपुलले अर्को खेल नखेल्दै पनि उपागि जित्न सक्छ। दोस्रो स्थानमा रहेको म्यचेस्टर सिटी आज राति हुने खेलमा चेल्सीसँग बराबरी वा पराजित भए लिभरपुललाई त्यो अवसर मिल्ने छ । यदि सिटी विजयी भए, लिभरपुललाई सिटीलाई हराउँदै उपाधि जित्ने अवसर हुनेछ । लिभरपुल र सिटीबीचको खेल बिहीबार राति १ बजे एत्तिहाद रंगशालामा हुने छ ।

बुधबार राति भएको खेलमा लिभपुललाई सहज जित दिलाउने क्रममा एलेक्सजेन्डर अर्नोल्ड, मोहम्मद सलाह, फाबिन्हो र साडियो मानेले गोल गरे । लिभरपुलले दुवै हाफमा समान २ गोल गरेको थियो ।

खेलको २३औं मिनेटमा आर्नोल्डको गोलमा अग्रता लिएको लिभरपुललाई ४४औं मिनेटमा सलाहले गोल अग्रता दोब्बर बनाए । ५५औं मिनेटमा फाबिन्हो उत्कृष्ट गोल गर्दै ३–०को अग्रता दिलाए । उनले मैदानको मध्यभागबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । ६९औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुलले ४–० गोलको जित निकाल्यो ।

शीर्ष स्थानमा रहेको लिभरपुलको जितसँगै ३१ खेलबाट ८६ अंक भएको छ भने एक खेल कम खेलेको दोस्रो स्थानको सिटीको ६३ अंक छ । क्रिस्टल प्यालेसको भने ४२ अंकका साथ नवौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.