इन्टरमाथि लिभरपुलको जित

Read Time:1 Minute

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ। बुधबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई उसकै मैदानमा २–०ले हरायो ।

प्रतिस्पर्धामक खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र मोहम्मद सलाहले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

७५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। उनले एन्डी रोबर्टसनको कर्नरमा हेडिङमार्फत गोल गरेका थिए। ८३औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–०को जित दिलाए ।

खेलमा लिभरपुललाई दबाबमा राखेपनि इन्टरले गोल भने गर्न सकेन । लिभरपुलले ५४ प्रतिशत बल पेजेसन बनाउँदै १३ सट प्रहार गर्दा २ सट फ्रेममा थियो भने इन्टरले ९ सट प्रहार गरेकोमा कुनै सट फ्रेममा थिएन्।

यी दुईबीचको दोस्रो लेग एनफिल्डमा ८ मार्चमा हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० वरीयतामा दीपेन्द्रको फड्को, ऋषवदेखि पोलार्डलाई पछि पारे
Next post साल्जबर्गसँग हारबाट जोगियो बायर्न
Close