
आत्मघाती गोलमा लेस्टरमाथि लिभरपुलको जित
दुई आत्मघाती गोल मद्दतमा इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ। शुक्रबार राति भएको खेलमा वोउट फेइसले २ आत्मघाती गोल गरेपछि लिभरपुरले लेस्टर सिटीमा २–१को जित जित निकाल्यो ।
एन्डफिल्डमा अग्रता लेस्टरले लियो । चौथो मिनेटमा नै किइरनान ड्युसबरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो। तर, खेलको ३८ औं मिनेटमा फेइसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो। पहिलो हाफको अन्त्यमा फेइसले पुनः अर्को आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा २–१को अग्रता लियो।
दोस्रो हाफमा कुनै गोल नहुँदा लिभरपुल भाग्यमानी सावित भयो ।
यस्तै, अर्को खेलमा ब्रेन्टफोर्ड विजयी भएको छ। उसले वेस्टह्यामलाई उसकै मैदानमा २–०ले हरायो । ब्रेन्टफोर्डको जितमा इभान टोनी र जोश डासिल्भाले गोल गरे।
जितपछि लिभरपुल १६ खेलबाट २८ अंक बटुल्दै लिगको छैटौं स्थानमा छ । लेस्टर १७ खेलबाट १७ अंकसहित लिगको १३ औं स्थानमा छ भने ब्रेन्टफोर्ड २३ अंकसहित नवौं स्थानमा छ।