रोमाञ्चक खेलमा लेस्टरलाई हराउँदै लिभरपुल कारबाओ कपको सेमिफाइनलमा

Read Time:2 Minute

लिभरपुल कारबाओ कपको सेमिफाइनलमा पुगेको छ। बुधबार राति भएको खेलका दुई पटक २ गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले लेस्टर सिटीविरुद्ध जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि लिभरपुलले पेनाल्टीमा लेस्टरमाथि ५–४को जित निकाल्यो ।

ट्राइब्रेकरमा लिभरपुलका जेम्स मिल्नर, रोबर्टो फिर्मिनो, एलेक्स अक्सलेड चेम्वरलिन, नावी केइटा र डिएगो जोटाले गोल गरे भन् ताकुमी मिनामिनोको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो। यता, लेस्टरका युरी टिलेमान्स, जेम्स म्याडिसन, मार्क अल्ब्राइटन र केलिची इहानेचोले गोल गर्दा लुकी थोमस र रायन बट्रान्डको प्रहारलाई लिभरपुलका गोलरक्षक काओइहिम केलहरले बताएका थिए।

एनफिल्डमा बुधबार राति भएको खेलको नवौं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले अग्रता लिएको थियो। उनले जेम्स म्याडिसनको पासमा गोल गरेका थिए। खेलको १३औं मिनेटमा भार्डीले पाटसन डाँकाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे।

१९औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। उनले रोबर्टो फिर्मिनोको पासलाई सदुपयोग गरेका थिए । ३३औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई ३–१ ले अघि बढाए ।

६८औं मिनेटमा डिएगो जोटाले ताकुमी मिनामिनोको पासमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए। इन्ज्युरी समयको अन्तिममा ताकुमी मिनामिनोले जेम्स मिल्नरको पासमा गोल गर्दै खेललाई ट्राइब्रेकरमा लम्ब्याएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बेन्जिमा चम्किँदा रियल विजयी, एट्लेटिकाे पराजित
Next post चेल्सी र टोटनहम कारबाओ कपको सेमिफाइनलमा
Close