जोटा चम्किँदा लिरभपुलको जित

Read Time:1 Minute

पोर्चुगिज विंगर डिएगो जोटा चम्किएको खेलमा लिभरपुल विजयी भएको छ। बिहीबार राति भएको खेलमा जोटा चम्किँदा प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीमाथि २–०को जित निकाल्यो।

घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा जोटाले दुवै हाफमा गोल गरे। खेलको ३४औं र ८७औं मिनेटमा गोल गरेका थिए ।

यही खेलमार्फत विंगर लुइस डियाजले पनि लिभरपुलका लागि डेब्यू गरे । उनी विन्टर ट्रान्सफर एफसी पोर्टोबाट लिभरपुल आएका हुन्।

यस जितपछि दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंक दूरी ९ मा झारेको छ । जितपछि लिभरपुलले २३ खेलबाट ५१ अंक जोडेको छ ।

२४ खेल खेलिसकेको सिटीको ६० अंक छ । लेस्टर २१ खेलबाट २६ अंकसहित १२औं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अन्नत
Next post वुल्भ्सलाई हराउँदै शीर्ष पाँचमा फर्कियो आर्सनल
Close