तीन दशकपछि लिभरपुल च्याम्पियन

योर्गेन क्लोपको टिम लिभरपुल ३ दशकपछि इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ । बिहीबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–१ले पराजित गरेपछि लिभरपुल ३० वर्षपछि च्याम्पियन बनेको हो ।

बुधबार राति भएको खेल क्रिस्टल प्यालेसविरुद्ध जित निलेकापछि लिभरपुललाई उपाधि जित्न केवल २ अंक मात्र आवश्यक थियो, त्यो २ अंक चेल्सीले उपहार स्वरुप सिटीलाई हराउँदै दियो । र, लिभरपुलले ७ खेलअघि नै उपाधि उचाल्यो ।

यो लिभरपुलको समग्रमा १९औं उपाधि हो भने आधुनिक प्रिमियर लिगको पहिलो उपाधि । लिभरपुलभन्दा बढी म्यान्चेस्टर युनाइटेडले २० पटक उपाधि जितेको छ । जसमा १३ आधुनिक प्रियिमर लिग उपाधि सामेल छ ।

सिटी चेल्सीसँग पराजित भएसँगै लिभरपुलले शीर्ष स्थानमा २३ अंकका अग्रता बनायो र, च्याम्पियन बन्यो । लिभरपुलको ८६ अंक छ भने दास्रो स्थानको सिटीको ६३ अंक । प्रिमियर लिगमा शीर्ष दुई टिमबीच यतिधरै अन्तर यअसघि कहिल्यै देखिएको थिएन ।

लिभरपुलले तीन दशकपछि इंग्लिस शीर्ष डिभिजनको फुटबलको उपाधि जिते पनि आधुनिक प्रिमियर लिगमा भने यो पहिलो उपाधि हो । लिभरपुलले पछिल्लो पटक सन् १९९० मा लिग जितेको थियो । तर, १९९३ बाट आधुनिक प्रिमियर लिग सुरुवात भएको हो । त्यसयता लिभरपुलले पहिलो पटक उपाधि जितेको हो ।

आधुनिक लिग म्यानचेष्टर युनाइटेले सर्वाधिक १३ पटक जितेको छ भने चेल्सीले ५, म्यानचेष्टर सिटीले ४, आर्सनलले ३ जितेका छन् । यस्तै ब्ल्याकबर्न रोभर्स, लेस्टर सिटीले एक–एक पटक प्रिमियर लिग जितेका छन् ।

जर्मनबाट योर्गेन क्लब प्रशिक्षकका रुपमा लिभरपुल आएपछि लिभरपुलले उत्कृष्ट फुटलब खेलेको छ । त्यसको प्रमाणि अघिल्लो सिजन च्याम्पियन्स लिग उपाधि, लगातार दुई पटक फाइलन यात्रा र अहिले प्रिमियर लिग उपाधि हो । लगातार तीन सिजन लिभपुरलले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । त्यो लय यसपटक पनि दियो । यो सिजन इपिएलमा ३१ खेलमा २८ जित, २ बारबरी र १ हारको नतिजा निकालेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.