लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ। आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शेफिल्ड युनाइटेडलाई २–० ले हराएको हो ।

घरेलु टिम शेफिल्डविरुद्ध लिभरपुलका कर्टिस जोन्सले गोल गरे। शेफिल्डले आत्मघाति गोल गरेपछि एक गोल भने लिभरपुलले उपहारस्वरुप पाएको थियो।

पहिलो हाफमा बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। खेलको ४८ औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई १–० गोलको अग्रता बनाए। ६४ औं मिनेटमा केन ब्रायनले आत्मघाति गोल गरेपछि लिभरपुलले २–० गोलको जित निकाल्यो।

प्रिमियर लिगअन्तर्गन नै भएका अन्य खेलमा वुल्भ्स र न्युकासल युनाइटेडले १–१ गोलको बराबरी खेल्दा फुलह्याम र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले।

छैटौं स्थानमा रहेको लिभरपुलको २६ खेलबाट ४३ अंक भएको छ। पराजित शेफिल्ड भने लिगको पुछारमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.