माने र सलाह चम्कँदा लिभरपुलको लागतार पाचौं जित

स्टार खेलाडीद्वय साडियो माने र मोहम्मद सलाह चम्किएपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार पाचौं जित हात परेको छ । एन्ड फिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले न्युकास्टल युनाइटेडलाई ३–१ले पराजित गरेको हो ।

यो जितसँगै लिभरपुल इपिएलमा लगातार १४औं जित निकाल्ने तेस्रो टिम बनेको छ । यसअघि यो रेकर्ड म्यान्चेस्टर सिटीले २ पटक र आर्सनलले १ पटक बनाएका छन् ।

यस्तै, लिभपरपुल लगातार दुई सिजन सुरुवाती ५ खेल जित्ने तेस्रो टिम नै बनेको छ । यसअघि चेल्सीले २००९–१० र २०१०–११ तथा म्यान्चेस्टर सिटीले २०१५–१६ र २०१६–१७ मा लागतार ५ खेल जितेका थिए ।

खेलमा अग्रता भने जेट्रो विलियम्सले गोल गर्दै न्युकास्टललाई अग्रता दिलाए । तर, २८ मिनेटमै मानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४०औं मिनेटमा मानेले नै गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ७२औं मिनेटमा सलाहले गोल गरेपछि खेल लिभरपुलले ३–१ले जित्यो ।

शतप्रतिशत नतिजा निलेको लिभरपुले १५ अंकका साथ लिगको शीर्ष स्थानमा छ । खेलमा लिभरपुलले ७६ प्रतिशत बल पोजेशन बनाउँदै न्युकास्टलको पोस्टमा २१ सट प्रहार गरेको थियो । जसमध्ये ९ सट फ्रेममा थियो । यता, न्युकास्टलले ८ सट प्रहार गरेकोमा १ सटमात्र फ्रेममा थियो ।

शनिबार रातिनै भएका अन्य खेलमा साउथह्याम्पटनले सेफिल्ड युनाइटेडलाई १–०ले पराजित गर्दा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–०ले हरायो । यस्तै, ब्राइटन र बर्नेलीले १–१ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP