लिभरपुलका मानेलाई कोरोना संक्रमण

प्रिमियर लिग क्लब लिभरपुल स्ट्राइकर साडियो मानेलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार गरिएको परीक्षणमा मानेलाई कोरोना संक्रमण पुष्टी भएको लिभरपुलले जनाएको छ ।

मानेमा कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टी भएको हो । कोरोना संक्रमण पाइएलगत्रै सेल्फ आइसोलेसनमा बसेका मानेको स्वास्थ्य अवस्था राम्रो भएको लिभरपुलले जनाएको छ ।

एकसाता अन्तरमै कोरोना संक्रमण देखिने माने लिभरपुलका दोस्रा् खेलाडी हुन् । यसअघि मिडफिल्डर थिएगो अल्कान्टारमा पनि कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण देखिएपछि उनले अब प्रिमियर लिगमा एस्टन भिल्लाबिरुद्धको खेल गुमाउने छन् । सम्भवतः माने अन्तर्राष्ट्रिय ब्रेकपछि फुटबलमा फर्किने छन् । अक्टोबर १७ मा हुन एभर्टनविरुद्धको मर्सिसाइड डर्बीमा माने उपलब्ध हुन सक्ने छन् ।

२८ वर्षिया मानेले गत सोमबार प्रिमियर लिगमा आर्सनलविरुद्ध खेलेका थिए भने बिहिबार भएको कारबाओ कपमै आर्सनलबिरुद्धको भने खेलेका थिएनन् । मानेले यस सिजन लिभपुलका लागि तीन गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP