लिभरपुल विजयी, एस्टन भिल्लामाथि रेलिगेसन दबाब

इंग्लिस प्रिमियर लिगमा च्याम्पियन लिभरपुलले सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलले ७ खेलअघि नै प्रिमियर लिग उपाधि जितिसकेको छ । लिभरपुलले ३० वर्षपछि प्रिमियर लिग उपाधि जितेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन साडियो माने र कुर्टिस जोन्सले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ९० औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

लिभरपुलसँगको हारसँगै एस्टन भिल्लामाथि रेलिगेसन दबाब परेको छ । एस्टन भिल्ला २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ । जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.