मर्सिसाइड डर्बीमा एभर्टनले लिभरपुललाई रोक्यो

Read Time:1 Minute

यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको एभर्टनले मर्सि साइड डर्बीमा डिफेन्डिङ च्याम्पियन लिभरपललाई बराबरीमा रोकेको छ । शनिबार साँझ घरेलु मैदानमा गुडिन्सन पार्कमा भएको खेलमा एटर्भनले लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको हो ।

दुई पटक पछि परेको अवस्था उल्टाउँदै एभर्टनले लिभरपुललाई रोकेको हो । लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले गोल गरे भने एभर्टनका माइकल केन र डोमोनिक काल्भर्ट लेविनले गोल गरे ।

तेस्रो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १९ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । तर, खेलको ८१ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।

खेलको अन्त्य भने एभर्टनले १० खेलाडीमा रहेर ग¥यो । ९०औं मिनेटमा स्ट्राइकर रिचार्सलिसन रातो कार्ड खाँदै मैदान छोड्न बाध्य भए ।

५ खेलसम्म अपराजित रहेको एभर्टन १३ अंकसहित शीर्ष स्थानमा छ । उसले ४ जित र १ बराबरी खेलेको छ । लिभरपुल ५ खेलमा ३ जित, १ हार र १ बराबरीसहित १० अंकाका साथ दोस्रो स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

20 thoughts on “मर्सिसाइड डर्बीमा एभर्टनले लिभरपुललाई रोक्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एम्बाप्पे चम्किँदा पिएसजी विजयी
Next post धवनले बनाए आईपिएलमा पहिलो शतक, दिल्लीले चेन्नईलाई ५ विकेटले हरायो
Close