रोमाञ्चक खेलमा सिटी र लिभरपुलले खेले बराबरी

इंग्लिस प्रिमियर लिगका दुई ठूला क्लब म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्। आइतबार राति एन्डफिल्डमा भएको रोमाञ्चक खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका हुन्।

लिभरपुलविरुद्ध दुई पटक पछि परेको अवस्था उल्टाउँदै सिटीले बराबरी खेलेको हो। लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले गोल गरे भने सिटीका फिल फोडेन र केभिन डे ब्रुयनले गोल गरे।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बरारबीमा सकिएको थियो । तर, ५९औं मिनेटमा मानले गोल गर्दै लिभरपुललाई अग््रता दिलाए । उनले सलाहको पासमा गोल गरेका थिए ।

त्यसको ठिक १० मिनेटपछि सिटीले बराबरी गोल फर्कायो । ६९औं मिनेटमा ग्याब्रिअल जेसुसको पासमा फिल फोडेनले गोल गरेका थिए । तर, ७६औं मिनेट मोहम्मद सहाल गोल गर्दै पुनः लिभरपुलाई अग्रता दिलाए । ८१औं मिनेटमा डे ब्रुयनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

खेलमा ६४ प्रतिशत बल पोजेसन बनाएको सिटीले १३ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता, लिभरपुलले ६ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो।

बराबरी खेलेपछि दुवै टिमले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएका छन् । १५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने १४ अंकसहित सिटी तेस्रो स्थानमा छ । १६ अंक जोडेको चेल्सी शीषए स्थानमा छ।

Facebook Comments Box