प्रिमियर लिगमा सिटी र लिभरपुल भिड्दै

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज राति हुने खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले अर्को बलियो टिम लिभरपुलको सामना गर्दै छ। खेल आइतबार राति ९ः१५ बजे लिभरपुलको मैदान एन्डफिल्डमा हुनेछ।

प्रिमियर लिगमा अपराजित एक्लो टिम हो लिभरपुल । ऊ सिटीविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा उक्लिने दाउमा हुने छ। सिटीको लक्ष्य पनि त्यही हुनेछ ।

६ खेलमा ४ जिते र २ बराबरी खेलेको लिभरपुल १४ अंकका साथ दोस्रो स्थानमा छ भने सिटी १३ अंकका साथ सातौं स्थानमा छ । १६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ।

लिभपुरलले सन् १९३७ पछि म्यान्चेस्टर सिटीविरुद्ध लगातार दुई खेल हारेको छैन । यसअघि गत फेब्रुअरीमा भएको खेलमा लिरभपुल ४–१ले पराजित भएकाले यो खेलमा लिपरपुल विजयी हुने अपेक्षा धैरेकाे छ। पछिल्ला ७ खेललमा लिभरपुलले डिफेन्डिङ च्याम्पियनविरुद्ध १ खेल मात्र जितेको छ।

प्रिमियर लिगमा सिटी र लिभरपुल अहिलेसम्म ३७ पटक भिडेका छन्। जसमध्ये लिभरपुलले २० खेल जित्दा सिटीले ११ खेल जितेको छ भने १७ खेल बराबरीमा सकिएको छ।

पछिल्लो एक सातामा सिटीको ठूला टिमविरुद्धद्धको यो तेस्रो खेल हो। यसअिघ यसले गत आइतबार इपिएलमा चेल्सीलाई १–०ल्ले हराउँदा च्याम्पियन्स लिगमा पिएसजीसँग २–०ले पाराजित भएको थियो ।

Facebook Comments Box