लिभरपुलको सहज जित, टोटनह्याम पराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–०ले पराजित गरेको हो।

लिभरपुलको जितमा साडियो माने र थियागो अल्कान्टाराले एक गोल गरेका थिए। लिभरपुले दुवै हाफमा समान १ गोल गरेको थियो।

३१औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको खेल १–०मै सकियो । निर्धारित समयको अन्तिम मिनेटमा थियागोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा टोटह्याम पराजित भएको छ। शनिबार राति भएको खेलमा टोटनह्याम लिड्स युनाइटेडसँग ३–१ले पराजित भएको हो। लिड्स युनाइटेडको जितमा स्टुआर्ट डल्लास, प्याट्रिक बाम्फोर्ड र राफिन्हाले गोल गरे भने टोटनह्यामका सन ह्युङ मिनले गोल फर्काएका थिए।

जितसँगै लिभरपुलको च्याम्पियन्स लिग छनोटको आशा कायमै छ। लिभरपुल ३४ खेलमा ५७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ३७ अंक जोडेर १६ औं स्थानमा छ । ५६ अंकका साथ टोटनह्याम सातौं स्थानमा छ भने लिड्स ५० अंकका साथ नवौं स्थानमा छ।

Facebook Comments Box