चेल्सी रोकिँदा लिभरपुलको जित
इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सी बराबरीमा रोकिँदा लिभरपुल विजयी भएको छ। चेल्सी घरेलु मैदानमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदा लिभरपुलले न्युकासल युनाइटेठमाथि ३–१को जित निकाल्यो।
घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७०औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, खेलको ७४ औं मिनेटमा जेरार्ड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई १द्द१ गोलको बराबरीमा फर्काए ।
यसैगरी अर्को खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह, डिएगो जोटा, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले गोल गरे । न्युकासलका जोन्जो सेल्वीले गोल गरेका थिए।
एन्डफिल्डमा अग्रता न्युकासलले लियो । उसका सेल्वीले सातौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। २१औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। २५औं मिनेटमा मोहमद सलाहले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–१ को अग्रता लियो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा ट्रेण्ड एलेक्सजेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए। लिभरपुलको यो शीर्ष डिभिजनमा २००० औं जित हो।
यस जितसँगै लिभरपुलले १७ खेलमा ४० अंक जोड्दै दोस्रो स्थानमा छ । उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १ अंकले पछि छ। न्युकासल १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
यता, बराबरी खेलेको चेल्सीले १७ खेलमा ३७ अंक जोड्दै तेस्रो स्थानमा छ भने एभर्टन १९ अंक जोडेर १४ औं स्थानमा छ ।