साउथह्याम्पटनसँग रोकियो सिटी, लिभरपुलले क्रिस्टल प्यालेसलाई हरयो

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी बराबरीमा रोकिँदा लिभरपुल विजयी भएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटी साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिँदा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ३–०को सहज जित निकाल्यो ।

एतिहादमा भएको खेलमा अन्तिम मिनेटमा रहिम स्टर्लिङले गरेको गोल भार मार्फत रद्द हुँदा सिटी अंक बाँड्न बाध्य भयो । अधिकांश सयम साउथह्याम्पटनमाथि दबाब बनाए पनि सिटी गोल गर्न असफल भयो।

यस्तै, एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने, मोहम्मद सलाह र नेबी केइटाले गोल गरे। ४३औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए ।

पहिलो हाफ १–०मै सकिएको खेलमा दोस्रो हाफमा लिभरपुलले थप २ गोल ग¥यो। सालाहले ७८औं मिनेटमा गोल गर्दै टिमको अग्रता गोब्बर बनाए । त्यसपछि केइटाले ८९औं मिनेटमा गोल गर्दै लिभपुलाई ३–०को जितदिलाए ।

यस्तै, मार्टिक ओडेगार्डले फ्रिकिकमा गरेको निर्णायक गोल मद्दतनमा आर्सनलले बर्नलीमाथि १–०को जित निकाल्यो भने वाट्फोर्डले नर्विच सिटीलाई ३–१ ले हरायो।

Facebook Comments Box