बर्नलीलाई हराउँदै लिभरपुलको च्याम्पियन्स लिग छनोट सम्भावना बलियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा बर्नलीमाथि सहज जित निकालेपछि लिभरपुलको च्याम्पियन्स लिग छनोट सम्भावना बलियो बनेको छ। बुधबार राति भएको खेलमा लिभपुलले बर्नलीलाई ३–०ले हराउँदै च्याम्पियन्स लिग छनोट सम्भावना बलियो बनाएको हो।

जितसँगै ६६ अंक जोडेको लिभरपुल लेस्टरसिटीलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ। लिगको अन्तिम खेलमा क्रिस्टल प्यालेसलाई हराउन सके लिभरपुल च्याम्यिन्स लिगका लागि छनोट हुनेछ । लेस्टरका पनि समान ६६ अंक नै छ।

बर्नली मैदानमा लिभरपुललाई बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो ।लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, न्याट फिलिप, अक्सलाड चेम्बरलिनले एकरएक गोल गरे।

पहिलो हाफको ४३औं मिनेटमा रोबर्टो फर्मिन्होले गोल गर्दै लिभपुरललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा २ गोल गरेको थियो।

५२औं मिनेटमा साडियो मानेको क्रसमा डिफेन्डर न्याट फिलिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। ८८औं मिनेटमा च्याम्बरलिन गोल गर्दै लिभरपुललाई ३–०को जित दिलाए ।

Facebook Comments Box