घुँडाको चोटका कारण भान डाइक लामो सयम मैदान बाहिर रहने

घुँडाको चोटका कारण लिभरपुल डिफेन्डर भर्जिल भान डाइक लामो समय मैदान बाहिर रहने भएका छन् । गत साता भएको एभर्टनविरुद्ध मर्सिसाइड डर्बीमा चोटग्रस्त भएका भान डाइक घुँडाको शल्यक्रियाबाट गुज्रिनुपर्ने भएकाले उनी लामो समय मैदान बाहिर रहने भएका हुन् । भान डाइक एभर्टन गोलरक्षक जोर्डन पिकफोर्डसँग जुध्दा घाइते भएका थिए।

आफ्ना मुख्य खेलाडी लमो समय मैदान बाहिर रहने भएपछि लिभरपुललाई ठूलो धक्का लागेको छ। इंग्लिस प्रिमियर लिग च्याम्पियनले आइतबार डच खेलाडीलाई शल्यक्रिया आवश्यक भएको बताएको हो । गत दुई सिजन क्लबका लागि लगभग सबै खेल खेलेका भान डाइक अब यो सिजन लामै समय मैदानबाट बाहिर रहने डर स्थिति देखिएको छ।

क्लबले भनेको छ, ‘आइतबार एभरटनविरुद्ध २–२ को बराबरीमा टुंगिएको खेलमा चोटग्रस्त भर्जिल भान डाइकलाई घुँडाको शल्यक्रिया आवश्यक परेको छ । उनको घुँडाको लिगामेन्टमा चोट लागेको छ।’

एभरटनका गोलरक्षक जोर्डन पिकफोर्डले आफ्नो बक्समा डरलाग्दो फाउल गरेपछि खेलको सुरुमै भान डाइक घाइते भएका थिए । उनलाई सब्स्टिच्युट गरिएको थियो । यो घटनालाई लिएर लिभरपुल व्यवस्थापक योर्गन क्लोपले आफ्नो रोष देखाइसकेका छन्।

यस प्रकारको चोट निको हुन लामो समय लाग्ने हुनाले यस सिजनको बाँकी पूरा समय उनी मैदानबाहिर रहन सक्ने छन् । यो लिभरपुललाई मात्र नभएर अर्को वर्षको युरोअगाडि नेदरल्यान्ड्सका लागि पनि उत्तिकै ठूलो धक्का लागेको छ । लिभरपुलका पूर्वमिडफिल्डर ग्रेम सउनेसले भान डाइक लिभरपुलका सबैभन्दा महत्वपूर्ण खेलाडी भएका त्यसलाई लिभरपुललाई ठूलो घाटा हुने बएताका छन्।

डिफेन्डिङ च्याम्पियन लिभरपुल ५ खेलपछि तेस्रो स्थानमा छ । यो शीर्षस्थानका रहेको एभरटनभन्दा ३ अंक कम हो । साउथह्याम्पटनबाट कीर्तिमान ७ करोड ५० लाख पाउन्डमा लिभरपुल आएका भान डाइकले पछिल्ला दुवै सिजन प्रत्येकमा ५० भन्दा बढी खेल खेलेका छन् । लिभरपुलले अबको १८ दिनमा ६ खेल खेल्नेछ र त्यसमा टिमले सेन्ट्रल डिफेन्समा खेलाडीको अभाव महसुस गर्नेछ । त्यस भूमिकामा जोए गोमेज र जोएल माटिप मात्र उपलब्ध छन्।

लिभरपुलले बुधबार युरोपेली च्याम्पियन्स लिगमा अयाक्सको सामना गर्दै छ । लिभरपुलका पहिलो रोजाइका गोलरक्षक एलिसन बेकर पनि चोटकै कारण मैदानबाहिर रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP