भान गाल बने नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक

Read Time:1 मिनेट

नेदरल्यान्ड्स फुटबल टिमको मुख्य प्रशिक्षकमा लुइस भान गाल नियुक्त भएका छन्। ६९ वर्षीय भान गाललाई कतार विश्वकपसम्म टिम हेर्ने गरी डच टिमको जिम्मेवारी दिइएको हो।

युरोकपमा चेक रिपब्लिकसँग पराजित भएलगत्तै मुख्य प्रशिक्षक फ्रान्क डे बोरले राजीनामा दिएपछि प्रशिक्षक पद खाली थियो। नेदरल्यान्ड् अन्तिमा १६मा चेकसँग २–०ले पराजित भएको थियो।

भान गाल तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षक नियुक्त भएका हुन् । यसअघि उनी सन् २००० पहिलो पटक डच टिमको प्रशिक्षक बनेका थिए । सन् २००२मा जापन र दक्षिण कोरियामा भएको विश्वकप डच टिम छनोट हुन असफल भएपनि उनले राजीनामा दिएका थिए।

सन् २०१२ मा दोस्रो उनी दोस्रो पटक डच टिमको प्रशिक्षक बनेका थिए। उनकै नेतृत्वमा सन् २०१४ को विश्वकपमा नेदरल्यान्ड्स तेस्रो भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक टिमकाे घोषणा
Next post एस्टन भिल्लाले भित्र्यायो युवा विंगल लियोन बेली
Close