
लुइस डियाज भित्र्याउँदै लिभरपुल
प्रिमियर लिग क्लब लिभरपुलले कोलम्बियन विंगर लुइस डियाजलाई अनुबन्धन गर्ने भएको छ। २६ डियाजलाई लिभरपुलले ४५ मिलियन पाउण्डमा पोर्चुगिज क्लब एफसी पोर्टोबाट अनुबन्धन गर्न लागेको हो।
अहिले विश्वकपको दक्षिण अमेरिकी छनोट खेलिरहेका डियाज अन्तर्राष्ट्रिय खेलसकिए लगत्तै मेडिकलका लागि एन्डफिल्ड आउने बताइएको छ।
लिभरपुलले डियाजलाई समरमा मात्र भित्र्याउने योजना भएको थियो । तर, विन्टरमै उनलाई भित्र्याउन टोटनहमलगायतका क्लबले चासो देखाएपछि लिभरपुलले डियाजलाई अनुबन्धन गरेको हो।
टोटनहमले डियाजसमक्ष ३६.४ मिलिलियन र प्रदर्शनका आधारमा थप ८.६ मिलियन पाउण्ड दिने प्रस्ताव गरेको थियो । तर, यो प्रस्ताव अस्वीकृत भएको थियो।
डियास सन् २०१९मा कोलिम्बियन क्लब एट्लेटिको जुनियरबाट पोर्टो आएका थिए । पोर्टोमा तीन सिजन बिताउँदा १२५ खेलमा ४१ गोल गरेका छन्। उनले कोलम्बियाका ३२ खेलमा ७ गोल गरेका छन्।