कोपा अमेरिकामा कोलम्बिया तेस्रो

कोलम्बियाले कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। ब्राजिलमा जारी ४७औं संस्करणको प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा पेरुलाई ३–२ले पराजित गर्दै कोलम्बियाले तेस्रो स्थान हासिल गरेको हो।

सेमिफाइनलमा कोलम्बिया अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ले पराजित भएको थियो भने पेरु ब्राजिलसँग १–०ले पराजित भएको थियो ।

कोलम्बियालाई जित दिलाउन लुइस डियाजले २ गोल गरे भने जुआन क्वाडराडोले १ गोल गरे । पेरुका योसिमर युटिन र जिअनलुका लापाडुलाले गोल गरेका थिए।

खेलमा अग्रता भने पेरुले लियो । पहिलो हाफको अन्तिम मिनेटमा युटिनले गोल गर्दै पेरुलाई अग्रता दिलाए । ४९औं मिनेटमा क्वाडराडोले गोल गर्दै कोलम्कियालाई खेलमा फर्काए ।

त्यसपछि ६६औं डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । ८४औं मिनेटमा लापाडुलाले गोल गर्दै खेलालाई पुनः बराबरीमा ल्याए । त्यसपति इन्जुरी समयको चौथो मिनेटमा डिजाले नै गोल गर्दै कोलम्बियालाई जित दिलाए ।

Facebook Comments Box