फ्रेन्च क्लब पिएसजी नयाँ प्रशिक्षकको खोजीमा छन्। क्रिस्टोफर ग्लाटरको प्रशिक्षणमा यो सिजन ठीकठाक मात्र प्रदर्शन गरेपछि पिएसजी नयाँ प्रशिक्षकको खोजीमा लागेको हो।
अघिल्लो सातासम्म बायर्न म्युनिख तथा आरबी लेइपजिगका पूर्व प्रशिक्षक जुलियन नगेल्सम्यानलाई भित्र्याउन लागेको पिएसजी अब बार्सिलोना तथा स्पेनका पूर्वप्रशिक्षक लुइस एनरिसकेलाई भित्र्याउन चाहिरहेको छ।
नगेल्सम्यानलाई भित्र्याउने प्रयास असफल भएपछि पिएसजीले ५३ वर्षीय एनरिकेसँग कुराकानी थालेको छ। कतार विश्वकपमा स्पेन अन्तिम १६बाटै बाहिरिएपछि एनरिकेले स्पेनिस टिम छाडेका थिए, त्यसयता उनी क्लब बिहीन छन्।
उनलाई भित्र्याउ इटालियन क्लब नापोलीले चाहिरहेको थियो, तर नापोलीले रुडी गार्सियालाई नयाँ प्रशिक्षक बनाइसकेको छ।
जतिसक्दो चाँडो नयाँ प्रशिक्षक भित्र्याउन चाहिरहेको पिएसजीले एनरिकेसँगै बायर लेभरकुसनका जाभी ओलन्सो र आफ्नै पूर्वखेलाडी तथा इटालिन क्लब बोलोग्नाका प्रशिक्षक थिएगो मोटामाथि नजर लगाएको छ।