‘मेसी रोनाल्डोको स्तरमा पुग्न सक्दैनन्’

पोर्चुगिज स्ट्राइकर नानीले बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी क्रिस्टियानो रोनाल्डोलको स्तरमा पुग्न सक्ने बताएका छन् । म्यान्चेस्टर युनाइटेडका पूर्व स्ट्राइकर समेत रहेका नानीले एक अन्तर्वार्ताका क्रममा रोनाल्डो सार्वकालिन महान खेलाडी भएको बताउँदै मेसी उनको स्तरमा पुग्न नसक्ने बताएका हुन् ।

मेसी रोनाल्डोको स्तरको खेलाडी नभएको बताए पनि नानीले मेसी उत्कृष्ट र जादुयी खेलाडीको भने भएको बताएका छन् । उनले आफू मेसीको शुभचिन्तक भएको बताएका छन् । नानी अहिले अमेरिकी मेजर सकर लिग खेरिहेका छन् ।

‘मेसीप्रति मेरो सधैं ठूलो सम्मान छ, उनी जादुयी खेल्नछन् र उत्कृष्ट खेलाडी हुन् । उनको व्यक्तिगत तथ्यांकले पनि त्यही भन्छ’, अन्तर्वार्ताका क्रममा मेसीबारे सोधिएको प्रश्नमा नानीले भने, ‘तर, उनी रोनाल्डोको स्तरमा भने छैनन, त्यो स्तरमा पुग्न पनि सक्दैनन् । यो कुरा मेसीलाई राम्रोसँग थाहा छ ।’

मेसी र रोनाल्डो को उत्कृष्ट भन्ने विवाद विगत एक दकश चलिरहेको छ । कसैले मेसी र कसैले रोनाल्डोलाई आफ्नो आदर्श खेलाडी मान्छन् । विगत एक दशकदेखि दुवै उत्तिकै उत्कृष्ट फुटबल खेलिहेका छन् । रोनाल्डोले ५ र मेसीले ६ पटक बालोन डे ओर जितेका छन् ।

मेसीले क्लब फुटबल बार्सिलोनाबाट मात्र खेलेका छन् । तर, रोनाल्डोले पोर्चुगिज स्पोर्टिङ क्लबदेखि म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्टसबाट खेलिरहेका छन् । मेसी ३३ वर्षका भए भने रोनाल्डो ३५ वर्ष । यो सिजन २२ ला लिगमा २२ गोल गरेका छन् भने रोनाल्डोले सिरि एमा २८ गोल गरेका छन् ।

रोनाल्डो र मेसी दुवैले क्लब फुटबलमा सबै उपाधि जितिसकेका छन् । तर, राष्ट्रिय टिममा मेसी उपाधिबिहीन छन् भने रोनाल्डोले युरोकप र युइएफए नेसन्स कप जितेका छन् ।

नानीले मेस्सीजस्तो खेलाडीले देशका लागि उपाधि जित्नु आवश्यक रहेको बताए । उनले मेसीले अन्तर्राष्ट्रिय उपाधि नजिते फुटबलमा नराम्रो दुर्घटना हुने बताएकाछन् । ‘म पनि मेसीको शुभचिन्तक हुँ । यसकारण उनले अर्जेन्टिनाबाट केही न केही जितुन् भन्ने चाहन्छु’, नानीले भने, ‘उनीजस्ता ठूला खेलाडीले देशका लागि उपाधि नजिती सन्यास लिनु फुटबलका लागि नराम्रो दुर्घटनाजस्तै हुनेछ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.