एट्लेटिकोलाई हराउँदै बार्सिलोना उपाधि नजिक, मेसी र सुआरेजले गरे गोल

डिफेन्डिङ च्याम्पियन बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो ।

एट्लेटिकोविरुद्धको जितसँगै बार्सिलोनाले ७ खेल बाँकी छँदा शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ । ३१ खेलबाट बार्सिलोनाको ७३ अंकक छ भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ६२ अंकक छ ।

क्याम्प नेउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेसी र लुइस सुआरेजले गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा २८ औं मिनेटमा स्ट्राइरक डिएगो कोस्टा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको दबाबमा परेको थियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बराबरीतर्फ उन्मूख खेलमा ८५औं मिनेटमा सुखारेजले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको एक मिनेट नबित्दै मेसीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

एट्लेटिकाका किपर जान ओलब्याकले उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाका आधा दर्जन बढी प्रहार बचाउँदै बार्सिलोनाविरुद्धको फराकिलो हार टारेका थिए ।

खेलमा बार्सिलोना ६४ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले एट्लेटिकोको पोस्टमा २१ सट प्रहार गरेको थियो, जसमध्ये १० सट फ्रेममा थियो । एट्लेटिकोले भने ९ सट प्रहार गरेकोमा २ सट मात्र फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP