ब्राजिलमा डेब्यूमै सुआरेजले गरे ह्याट्रिक

Read Time:1 Minute

उरुग्वेका भेट्रान स्ट्राइकर लुइस सुआरेजले ब्राजिलमा ड्रिम डेब्यू गरेका छन्। स्पेनिस क्लब बार्सिलोना तथा इंग्लिस क्लब लिभरपुलका स्टार स्ट्राइकर सुआरेजले ब्राजिलियन क्लब ग्रेमिओका लािग बुधबार डेब्यू गरे।

३५ वर्षीय सुआरेजले ग्रेमिओका लागि डेब्यू खेलमै ह्याट्रिक गर्दै डेब्यूलाई अविश्मरणीय बनाए । रिकोपा गाउचा सुपर कपको फाइनलमा बुधबार साओ लुइसविरुद्ध डेब्यू गरेका थिए।

लुइसविरुद्धको खेलमा सुआरेजले डेब्यूलाई सुखद् बनाउने क्रममा ३८ मिनेटभित्रै ह्याट्रिक पुरा गरे। खेलमा सुआरेजले ४, ३० र ३७औं मिनेटमा गोल गरेका थिए। सुआरेजको ह्याट्रिकसँगै ग्रेमिओले खेल ४–१ले जित्दै रकोपा गाउचा सुपर कपको उपाधि जित्यो।

जनवरीको सुरुमा घरेलु क्लब नेशनलबाट फ्रि ट्रान्सफरमा सुआरेज ग्रेमिओ आएका हुन्। यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको ग्रेमिओले सुआरेजसँग ३ वर्षको सम्झौता गरेका छन्।

खेलपछि सुआरेजले यो आफ्नो जीवनकै सबैभन्दा उत्कृष्ट डेब्यू भएको बताएका छन्। त्यसअघि उनले एट्लेटिको मड्रिडका लािग डेब्यू खेलमै गोल गरेका थिए।

ब्राजिलमा सुआरेजको भव्य स्वागत

सुआरेजले ब्राजिलमा खेल्ने

Happy
Happy
26 %
Sad
Sad
0 %
Excited
Excited
60 %
Sleepy
Sleepy
0 %
Angry
Angry
2 %
Surprise
Surprise
12 %
Previous post पिएम कम महिला क्रिकेट सेमिफाइनल समीकरण पुरा, प्रदेश १ र एपिएफ तथा सुदुरपश्चिम र मधेश भीड्ने
Next post नेपाली फुटबलर विदेशिने क्रम बढ्यो, रञ्जन र नितिन पनि अस्ट्रेलिया लागे
Close