सुआरेज दुई साता मैदान बाहिर, विश्वकप छनोटका खेल गुमाउने

एट्लेटिको मड्रिडका उरुग्वेयन स्ट्राइकर लुइस सुआरेज दुई साता मैदानबाहिर रहनृ भएका छन्। घुँडाको चोटका कारण सुआरेज २ साता मैदान बाहिर रहने भएका हुन्।

ला लिगा अन्तर्गत गत आइतबार भएको भिल्लारियलविरुद्धको खेलका क्रममा सुआरेज घाइते भएका थिए। उनको बाँयाँ घुँडामा चोट लागेको छ।मंगलबार गरिएको एमआरआईपछि सुआरेज दुई साता मैदान बाहिर रहने पक्का भएको क्लबले जनाएको छ।

घाइते भएसँगै सुआरेजले दक्षिण अमेरिकाको विश्वकप छनोटका तीन खेल गुमाउने भएका छन्। उरुग्वेले यो इन्टरनेशनल ब्रेकमा पेरु, बोलिभिया र इक्वेडरसँग विश्वकप छनोटका खेल खेल्दै छ।

एट्लेटिकोले सुआरज स्पेनमै रहने र चाडो रिकोभरीको प्रयास गर्ने जनाएको छ। सेप्टम्बर १२ मा हुने इस्पानियोल भ्रमणमा सुआरेज ठीक हुने विश्वास क्लबले लिएको छ।

Facebook Comments Box