मोड्रिच अझै एक सिजन रियलमा रहने

क्रोएसियन स्टार लुका मोड्रिच अझै एक सिजन रियल मड्रिडमै रहने भएका छन् । सम्झौता सकिनै लागेका मोड्रिचले रियलको सँग थप १ वर्षको सम्झौता गरेपछि उनी अझै १ सिजन रियलमै रहने भएका हुन्।

३५ वर्षीय मोड्रिचको रियलसँगको सम्झौता सन् २०२२ को जुन ३० मा सकिने छन् ।

मोड्रिच सन् २०१२ मा टोटनह्यामबाट ३० मिलियन पाण्डमा रियल आएका थिए । त्यसयता उनले रियलका लागि निरन्तार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यो सिजन उनी करिअरकै उत्कृष्ट फर्म थिए । उनले यो सिजन कुल ४८ खेल खेल्दै ६ गोल गरेका छन्।

उनले रियलका लागि ३ सय ९१ खेल खेल्दै २८ गोल गर्नुका साथै १६ असिस्ट गरेका छन् । बालोन डे’ओर विजेता मोड्रिचले रियलबाट ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकपसहित कुल १६ उपाधि जितोका छन् ।

Facebook Comments Box