लुकाकु युरोपा लिगको सर्वोत्कृष्ट खेलाडी

इन्टर मिलानका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु युरोपा लिगका सर्वोत्कृष्ट खेलाडी बनेका छन् । शुक्रबार आयोजित युरोपा लिगको ड्र सर्वाजनिक कार्यक्रममा लुकाकालाई युईएफएले ‘प्लेयर अफ दी सिजन’ अवार्ड प्रदान गरेको हो ।

‘प्लेयर अफ दी सिजन’ बन्ने क्रममा लुकाकुले युरोपा लिग च्याम्यियन सेभियाका इभर बनेगा र म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसलाई पछि पारे ।

गत सिजन इन्टर मिलानलाई युरोपा लिगको फाइलनसम्मको यात्रा तय गराउने क्रममा लुकाकुले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले युरोपा लिगमा ६ खेलमा ८ गोल गरेका थिए ।

२७ वर्षीय लुकाकु अघिल्लो सिजन मात्रै म्यान्चेस्टर युनाइटेडबाट इन्टर मिलान आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP