म्यन्चेस्टर सिटी लियोनसँग स्तब्ध, लियोन सेमिफाइनलमा

पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब लियोनसँग स्तब्ध बनेको छ । शनिबार राति पोर्चुगलको लिस्बनमा भएको खेलमा सिटी लियोनसँग अप्रत्यासित रुपमा ३–१ले पराजित भयो ।

यो हारसँगै ग्वार्डिओलाको उपाधि जित्ने सपना पुनः अधुरै रहेको छ । अघिल्लो सिजन पनि सिटी क्वार्टरफाइनलमै रोकिएको थियो । अघिल्लो सिजन सिटी क्वार्टरफाइनलमा टोटनह्यामसँग पराजित भएको थियो ।

अब च्याम्पियन्स लिगको सेमिफाइनल फ्रान्स भर्सेस जर्मनी हुनेछ । सेमिफाइनलमा फ्रान्सका दुई र जर्मनीका दुई क्लब पुगेका छन् । मंगलबार राति हुने पहिलो सेमिफाइलनमा पिएसजी र आरबी लेपजिग तथा बुधबार राति हुने दोस्रो सेमिफाइनलमा बार्यन म्युनिख र लियोन भिड्ने छन् ।

पोर्चुगलको लिस्वनस्थित जोस अल्भालेडमा भएको खेलको २४औं मिनेटमा म्याक्सवेल कोर्नेटले गोल गर्दै लियोनलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको सिटीका लागि ६९औं मिनेटमा केभिन डे ब्रुएनाको गोलमा खेललाई बराबरीमा ल्यायो ।

त्यसपछि सिटीले लियोनको पोस्टमा निरन्तार आक्रमण ग¥यो, तर लियोनका किपर फर्नान्डो लोपेजले उत्कृष्ट बचाउ गर्दै लियोनलाई बताए । ७९औं मिनेटमा मौसा डेम्बेलेले काउन्टरमा गोल गर्दै लियोनलाई पुनः अग्रता दिलाए ।

त्यसपछि सिटीले दुई निश्चित गोलका अवसर खेल फाल्यो । उसका ग्याब्रियल जेसुस र रहिम स्टर्लिङ गोल गर्न चुके । स्टर्लिङ खाली पोस्टमा गोल गर्न चुकेलगत्तै ८७औं मिनेटमा डेम्बेलेले पुनः गोल गर्दै टिमलाई ३–१को जित दिलाए।

लियोन दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००९–१० को सेमिफाइनलमा लियोन जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको थियो । यसपटक पनि लियोनले बायर्नसँग नै सेमिफाइनल खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP