विमल चम्किँदा मछिन्द्रको सनदार जित, शीर्ष स्थानमा ४ अंकको अग्रता

Read Time:1 मिनेट

राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर चम्किएको खेलमा मछिन्द्र क्लबले सानदार जित निकलोको छ। आइतबार दशरथ रंगशालामा विमलले २ गोल र १ असिस्ट गरेपछि मछिन्द्रले ब्रिडेग बोइज क्लबमाथि ४–०को जित निकाल्यो।

डिफेन्डिङ च्याम्पियन मछिन्द्रको जितमा विमलसँगै अभिषेक रिजाल र रेजिन सुब्बाले पनि गोल गरे । खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

विमलले ८ मिनेटमा २ गोल गरेपछि मछिन्द्र दोस्रो हाफको सुरुआतमै २–०को अग्रता लियो । उनले ५६ र ६२औं मिनेटमा गोल गरेका थिए । जारी लिगमा विमलले गोल गरेको यो दोस्रो खेल हो।

८४औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई जिततर्फ डोहो¥याए । उनले विमलको पासमा गोल गरेका थिए । त्यसमा इन्जुरी समयमा अभिषेकले गोल गरेपछि मछिन्द्रले ४–०को सानदार जित निकाल्यो ।

यो जितसँगै मछिन्द्रले शीर्ष स्थानमा ४ अंको अग्रता लिएको छ। र, ४ खेल मात्र बाँकी रहेको अवस्थामा उपाधि रक्षाको अभियानलाई थप बलियो बनाएको छ।

मछिन्द्रको ९ खेलबाट २३ अंक छ । दोस्रो स्थानमा रहेको मनाङको १९ अंक छ । यता, पाँचौ हार बेहोरेको ब्रिगेड बोइज भने ६ अंकसहित १२औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पुलिस र प्रदेश १ बीचको स्थागित खेल सोमबार हुने
Next post च्यासलको पुरै टिम कोरोना संक्रमित, पुलिससँगको खेल स्थगित
Close