विमल चम्किँदा शीर्ष स्थानमा मछिन्द्रलाई ७ अग्रता

Read Time:1 Minute

ए डिभिजन लिगमा विमल घर्तिमगरले उत्कृष्ट प्रदर्शनमा प्रदर्शन गरेपछि लिग लिडर मछिन्द्र विजयी भएको छ। लिगको दशौं चरणअन्तर्गत शनिबार भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबमाथि २–०को जित निकाल्यो ।

यो जितसँगै मछिन्द्रले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। उसको १० खेलबाट २६ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङको १९ अंक छ। यद्यपि मनाङले १ खेल कम खलेको छ ।

यता, हारपछि पुछारमा रहेको च्यासललाई भने रेलिगेसनको दबाब बढेको छ । च्यासल भने १० खेलबाट ५ अंकसहित पुछारमा छ ।

दशरथ रंगशालामा भएको खेलमा विमलले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरे । खेलको १७औं मिनेटमा रञ्जित धिमालको कर्नरमा विमलले ब्याक हेडरमार्फत पहिलो गोल गरेका थिए । उनकै सहयोगमा ३५औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अक्सन चलाइरहेका ह्युज एडमिड्स बेहोस भएपछि रोकियो आईपिएल मेगा अक्सन
Next post पुलिसलाई हराउँदै सातदोबाटो पाँचौं स्थानमा
Close