आत्मघाती गोलमा मछिन्द्र शीर्ष स्थानमा

Read Time:1 Minute

मछिन्द्र क्लबले आठौं चरणको समाप्तिमा पनि आफूलाई शीर्ष स्थानमै उभ्याउने पक्का भएको छ। ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबमाथि १–०को जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको हो ।

लिगमा ६ जित र २ बराबरी खेलेको मछिन्द्रको २० अंक छ। उसलाई १९ अंक जोडेको मनाङले पछ्याइरहेको छ।

स्टार खेलाडीले भरिएको मछिन्द्रले फ्रेन्ड्सविरुद्ध जित निकाल्न आत्मघाती गोलको सहारा लियो । खेलको ६७ औं मिनेटमा फ्रेण्ड्सका रोनेल एन्थोनी पउलको आतमघाती गोल मद्दतमा मछिन्द्र विजयी भयो ।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठको प्रहार पेनाल्टी बक्समा फ्रेण्ड्सका आकाश राईले पूर्ण रुपमा क्लियर गर्न सकेनन् । त्यसैमा रोनेलले गरेको हेड आफ्नै पोष्टमा गोल भएको थियो।

लिगको सबैभन्दा कमजोर फ्रेन्ड्समाथि निरन्तर दबाब बनाएपनि मछिन्द्रले गोल भने गर्न सकेन । उसका अभिषेक रिजाल, सुनिल बललगायत फिनिसिङमा चुके।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पोखरामा मनाङको शान
Next post टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि
Close