अपराजित रहँदै च्याम्पियन बन्याे मछिन्द्र

Read Time:2 Minute

मछिन्द्र क्लबले अपराजित रहँदै ए डिभिजन लिग उपाधि जितेको छ। लिगको अन्तिम खेलमा विभागीय टिम एपिएफ क्लबलाई २–१ले हराउँदै मछिन्द्रले अपराजित रहँदै उपाधि जितेको हो।

लिगका १३ खेलमध्ये मछिन्द्रले ११ जित र २ बराबरी खेल्यो । ऊ ३५ अंकका साथ शीर्ष स्थानमा रह्यो । १३ खेलमा कुल २० गोल गरेको उसले २ गोल मात्र खायो । उसले पहिलो र अन्तिम खेलमा मात्र गोल खायो ।

अन्तिम खेलमा मछिन्द्रलाई जित दिलाउन रेजिन सुब्बाले गरेको निर्णायक गोल गरे । उनले खेल ८१औं मिनेट बाँकी छँदा गोल गरेका थिए ।

खेलमा अग्रता पनि मछिन्द्रले नै लियो । अभिषेक गुरुङ ४२औं मिनेटमा मछिन्द्रलाई अग्रता दिलाए । ६८ औं मिनेटमा एपीएफका प्रदीप लामाले लागि बराबरी गोल फर्काए

खेलको अन्तिम दुई मिनेट दुवै खेलाडी १० खेलाडीमा सीमित रहे । मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे ।

दुई खेलअघि नै उपाधि जितिसकेको मछिन्द्रले ७५ लाख रुपैयाँ प्राप्त गरेको छ। मच्छिन्द्रका विशाल श्रेष्ठ, विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बनेका छन् । तीन जनाले मनाङ मर्स्याङ्दीबाट दुई र मछिन्द्रबाट दुई पटक लिग जितेका हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पुलिसलाई हराउँदै तेस्रो बन्याे एनआरटी
Next post सुनिल बल लिगका सर्वोत्कृष्ट खेलाडी
Close