सुजल र विशालसहित ६ खेलाडीले गरे मछिन्द्रसँग सम्झौता नवीकरण

राष्ट्रिय फुटबल टिमका सदस्य सुजल श्रेष्ठ र विशाल राईसहित ६ खेलाडीले मछिन्द्र क्लबसँग सम्झौता नवीकरण गरेका छन्।

सुजल र विशाल राईसहित गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डरहरू देवेन्द्र तामाङ, रजिन धिमाल र युवा स्ट्राइकर रेजिन सुब्बाले ए डिभिजन लिग विजेता मछिन्द्रसँग सम्झौता नवीरकण गरेका हुन्।

क्लबले कप्तान विराज महर्जनसहित अन्य खेलाडीसँग समेत सम्झौता नवीकरणको तयारी गरिरहेको मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । विराजसहित अन्य खेलाडीको नवीकरणको विषय पनि केही दिनमै टुंगिने उनले बताए ।

मछिन्द्रले नवीकरण गरेका रेजित बारहेका ५ खेलाडी अहिले राष्ट्रिय टिमको बन्द प्रश्क्षिणमा छन् । विश्वकप छनोटको खेल स्थागित भएपछि एन्फाले बन्द प्रशिक्षण रोक्ने तयारी गरेको छ । खेलाडी उपलब्ध हुने भएपछि मछिन्द्रले मोफसलका प्रतियोगितामा सहभागीता जनाउने उद्देश्यसहित खेलाडी नवीकरण गरेको हो।

ए डिभिजन लिग जिते मछिन्द्रले एएफसी कपमा सहभागीता जनाउन पाउने छैन । एएफसीको क्लब लाइसेन्स प्राप्त गर्न असफल भएपछि मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले एएफसी कप खेल्ने छ। एएफसीको क्लब लाइसेन्स पाउने आर्मी नेपालको एकमात्र क्लब हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.