एएफसी कप छनोटमा मछिन्द्रले श्रीलंकन टिमसँग दशरथ रंगशालामा खेल्ने

Read Time:1 Minute

पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको मछिन्द्र क्लबले पहिलो खेल घरेलु मैदानमै खेल्ने भएको छ। छनोटको पहिलो चरणमा मछिन्द्रले श्रीलंकाको ब्लुटारसँग चैत २२ गते दशरथ रंगशालामा खेल्ने भएको छ।

एन्फका अनुसार खेल साँझ ५ बजे फ्लर्ड लाइटमा खेलाइनेछ । जारी ए डिभिजन लिगमा सातौं चरणसम्म शीर्ष स्थानमा रहेकाले मछिन्द्रले एएफसी कप छनोट खेल्ने अवसर पाएको हो।

ब्लुस्टारविरुद्ध जित निकाल्न सके मछिन्द्रले दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग अप्रिल १२ मा कोलकतामा खेल्नेछ । यदि यी दुवै खेल जिते प्लेअफ पनि खेल्न पाउने छ । प्लेअफ जित्ने टिमले एएफसी कप खेल्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post साउथह्याम्पटनसँग घरमै हार्‍यो टोटनहम
Next post फिफा वरियतामा नेपाल २ स्थानमाथि उक्लियो, बेल्जियम शीर्ष स्थानमै
Close