मछिन्द्र राजर्षी जनक गोल्डकपको फाइनलमा, उपाधिका लागि मकवानपुरको पिप्ले क्लबसँग खेल्ने

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब सर्लाहीमा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकपको फाइनलमा पुगेको छ। शुक्रबार दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम–११ लाई ३–१ ले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो ।

मछिन्द्रको जितमा विशाल राई, विमल घर्तिमगर र नुर्लान नुभ्रोजोभले गोल गरे भने सुदुरपश्चिमका दिपेन्कराज ठकुरीले एक गोल फर्काए ।

अब फाइनलमा मछिन्द्रले मकवानपुरको पिप्ले युवा क्लबसँग खेल्नेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पुरुष हक्कीको उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने
Next post नेपाली टिम हारेपछि रोहितले भने– शतकले कुनै मज्जा दिएन
Close