श्रीलंकन क्लबसँग खेल्दै मछिन्द्र

SHARE TO:
Read Time:1 Minute

एएफसी कप छनोटको प्ले अफको पहिलो खेलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले आज श्रीलंकाको ब्लु स्टार एससीसँग खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

लिग च्याम्पियनको हैसियतमा मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अघिल्लो पटक लिग च्याम्पियन भएपनि क्लब लाइसेन्स प्राप्त नगरेका कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो।

पटक एएफसी कप छनोट खेल्न लागेको मछिन्द्रले समूह चरण पुग्ने योजना भएको छ। खेलअघि सोमबार अयोजित पत्रकार सम्मेलनमा मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पनि त्यहीअनुसार तयारी पनि गरिरहेको बताए ।

उनले श्रीलंकन टिम राम्रो रहेको समेत बताउँदै ए डिभिजन लिग खेलेकै टिमलाई मैदान उतार्ने बताए । सुनिल बल चोटमुक्त भइसकेको बताउँदै प्रशिक्षक कटवालले उनी पुरानै लयमा आउँछन्, आउँदैनन् भन्ने चाहिँ महत्वपूर्ण भएको बताए।

ब्लु स्टारलाई हराउन सके प्ले अफको दोस्रो चरणमा मछिन्द्रले भारतीय क्लब मोहन बगानसँग अप्रिल १२मा खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post क्रिस्टल प्यालेससँग आर्सनलको लज्जास्पद हार
Next post बी डिभिजन च्याम्पियन बन्दै चर्च बोइज ए डिभिजनमा
Close