पेपे पिजा मछिन्द्रको मुख्य प्रायोजक, टि १० किट प्रायाेजक

Read Time:1 Minute

ए डिभिजन लिग क्लबलाई पेपे पिजाले मुख्य प्रायोजन गरेको छ। पेपे पिजाले लिगका लागि मछिन्द्रलाई प्रायोजन गरेको हो। यस्तै, क्लबको सह प्रायोजकका रुपमा सर्फ एक्सेल रहेको मछिन्द्रले पत्रकार सम्मेलन मार्फत जानकारी दियो।

यसैगरी मछिन्द्रलाई किट्स पार्टनरको रुपमा टी १० ले प्रायोजन गरेको छ। मछिन्द्रले शुक्रबार टी १० को आधिकारिक विक्रेता भाट भटेनी होल्डिङ प्रालिसँग किट पार्टरनका रुपमा सम्झौता गरेको गरेको छ। यस्तै मछिन्द्रको फुटवेयर पार्टनर म्याजिक फुटवेयर रहेको छ ।

क्लबका अध्यक्ष सुनिल कपालीले गत सिजन च्याम्पियन बन्दा घाटा लागेपनि अहिले प्रायोजकहरु जोडिँदा खुशी लागेको बताए । मछिन्द्रले फुटबल क्लब पनि प्रालिमा दर्ता गरेर अघि बढेको छ । क्लबले अर्को सिजनदेखि शेयर समेत बेचेर अघि बढ्ने अध्यक्ष कपालीले बताए ।

मछिन्द्रले अधिंकाश पुरानै खेलाडीसँग सम्झौता नवीकरण गर्दा मनिष डाँगी, सुनिल बललाई भित्र्याएको थियो भने विदेशी खेलाडीका रुपमा करिम ओमोलाजा, नुर्लान नोब्रोजोभ, एन्ड्रेस नियालाई अनुबन्धन गरेको छ।

एमएफसीले मंंसिर ६ गते न्यूरोड टिम (एनआरटी)सँग खेल्दै लिगको उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ए डिभिजन लिगमा मनाङको कप्तानी अन्जनले गर्ने
Next post किरण चेम्जोङले माल्दिभ्सको लिग खेल्ने, आजै माल्दिभ्स गए
Close