एनएसएल खेलेका नुर्लानसहित मच्छिन्द्रले भित्र्यायो अजरबैजानका २ खेलाडी

आसन्न सहिद स्मारक ए डिभजिन लिगका लािग डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले अजरबैजानका २ खेलाडी अनुबन्धन गरेको छ। मछिन्द्रले सामाजिक सञ्जालमार्फत अजरबैलानका खेलाडीद्वय नुर्लान जाहिद नोभ्रुजोभ र सादिग गुलियभलाई अनुबन्धन गरेको हो।

स्ट्राइकर नुर्लानले यसअघि गत बैशाखमा भएको नेपाल सुपर लिग खेलेका थिए । ललितपुर सिटी एफसीबाट उत्कृष्ट प्रदर्शन गरेकाले मछिन्द्रले उनलाई ए डिभिजन लिगका लागि अनुबन्धन गरेको हो।

२६ वर्षीय डिफेन्डर सदिगले अजरबैजानको युथ टिमबाट खेलेका छन्। उनले अजरबैजानको यू १७, यू १९, यू २१ र यू २३ टिमबाट खेलेका छन् । उनी अहिले अजरबैजानको शीर्ष डिभिजन क्लब गाबालाबाट व्यवसायिक फुटबल खेल्नछन्।

कात्तिक २९ बाट सुरु हुने लिगका लागि मछिन्द्रले स्ट्राइकर विमल घर्तिमगर, मनिष डाँगी, सुनिल बललाई अनुबन्ध गरेको छ भने पुराना खेलाडी विशाल राई, सुजल श्रेष्ठ, विशाल श्रेष्ठलगायतसँग सम्झौता नवीकरण गरेको छ।

Facebook Comments Box