हेभिवेट भीडन्तमा मछिन्द्र आर्मीले खेले बराबरी

Read Time:1 Minute

सहिद स्मारक ए डिभिजन लिगको हेभिवेट भीडन्त मध्येको एक डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ। सोमबार दशरथ रंगशालामा भएको दोस्रो चरणको अन्तिम खेलमा मछिन्द्र र आर्मीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

दुवै टोलीले गोलका लागि केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् । पहिलो हाफको तुलनामा दोस्रो हाफमा दुवै टिमले अवसर सिर्जन गर्न सकेनन्।

त्यसअघि खेलको १० मिनेटमा मछिन्द्रका ओमोलाजा करिमको फ्रिकिङ थोरैले बाहिरिएको थियो। २५ मिनेटमा सुनील बल प्राप्त अवसर चुके। उनले सिक्स यार्ड बक्समा हानेको प्रहारलाई आर्मीका डिफेन्डरले क्लियर गरेका थिए।

मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले पराजित गरेको थियो भने आर्मी भने विभागीय डर्बीमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। सोमबारको खेल बराबरीपछि मछिन्द्रले दुई खेलबाट ४ अंक जोडेको छ भने आर्मीको २ अंक भएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ए डिभिजन लिगका बाँकी दुई चरणका खेल पनि दशरथ रंगशलामै हुने
Next post यू १९ राष्ट्रिय क्रिकेटमा प्रदेश १ को पहिलो हार
Close