एएफसी कपको समूह चरणमा पुग्ने मछिन्द्रको लक्ष्य

Read Time:1 Minute

एएफसी कप–२०२२ छनोटको प्ले अफमा नेपालको लिग च्याम्पियन मछिन्द्र क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ।

पटक एएफसी कप छनोट खेल्न लागेको मछिन्द्रले समूह चरण पुग्ने योजना भएको छ। खेलअघि सोमबार अयोजित पत्रकार सम्मेलनमा मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पनि त्यहीअनुसार तयारी पनि गरिरहेको बताए ।

ु‘दबाब त छ, घरेलु मैदानमा खेल जित्दै समूह चरणसम्म पुग्ने योजना छ’, प्रशिक्षक कटुवालले भने, ‘हामी समूह चरणसम्म पुग्यौं भने नेपाली फुटबलको लागि राम्रो हुन्छ । त्यसका लागि मछिन्द्र सक्षम छ ।’

उनले श्रीलंकन टिम राम्रो रहेको समेत बताउँदै ए डिभिजन लिग खेलेकै टिमलाई मैदान उतार्ने बताए । सुनिल बल चोटमुक्त भइसकेको बताउँदै प्रशिक्षक कटवालले तर, उनको पुरानै लयमा आउँछन्, आउँदैनन् भन्ने चाहिँ महत्वपूर्ण भएको बताए।

यता, कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरणभन्दा माथि पुग्ने रहेको बताए । तयारी राम्रो भइरहेकाले दोस्रोमा पुग्नेमा विश्वस्त रहेको बताए ।

ब्लु स्टारलाई हराउन सके प्ले अफको दोस्रो चरणमा मछिन्द्रले भारतीय क्लब मोहन बगानसँग अप्रिल १२मा खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post दीपेन्द्र बने सर्वोत्कृष्ट खेलाडी
Next post कप्तानका रुपमा पहिलो उपाधि जितेपछि सन्दीप भन्छन्– ठूलो उपलब्धिका लागि यो सुरुआत हो
Close