मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि ह्याट्रिक गर्ने योजना योजनामा थियो। लिगमा खराब सुरुआत गरेपछि खेलमा सुधार गर्दै उसले आफूलाई उपाधिको होडमा उभ्याएको थियो।
तर, उपाधिमा ह्याट्रिक गर्ने मछिन्द्रको अभियानमा विभागीय टिम नेपाल पुलिस क्लबले गम्भीर धक्का दिएको छ। आइतबार च्यासल मैदानम भएको खेलमा मछिन्द्र क्बललाई २–१ले हराउँदै पुलिसले उसको उपािधमा ह्याट्रिक गर्ने अभियानमा धक्का दिएको हो।
यो पराजयसँगै मछिन्द्रको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ। लिगका २ चरणको मात्र खेल बाँकी छँदा शीर्ष स्थानको चर्च बोइजसँग मछिन्द्र ५ अंकले पछि परेको छ। अब चर्च बोइजले बाँकी २ खेल गुमाए मात्र मछिन्द्रको उपाधिको सम्भावना छ।
समान २४ खेलमा चर्च बोइजको ४४ अंक छ भने मछिन्द्रको ३९ अंक छ। यता, मछिन्द्रलाई हराएको पुलिस भने ३५ अंकसहित चौथो स्थानमा उक्लिएको छ।
आफिज ओलावाले २७औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । पहिलो हाफमा अग्रतालाई कायमै राखेपनि दोस्रो हाफमा उसले अग्रता जोगाउन सकेन।
७५औं मिनेटमा पुलिसका मोसेस ट्वामले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसको ६ मिनेट पछि नै मोसेसले नै गोल गर्दै मछिन्द्रको उपाधि अभियानमा गम्भीर धक्का लगाए।
इन्जुरी समयमा मछिन्द्रका खेलाडीले ह्याण्ड बलको माग गरेका थिए, तर रेफ्री प्रज्वल क्षेत्रीले भने उक्त निर्णय लिएनन्।
सोही निर्णयलाई लिएर मछिन्द्र क्लबका खेलाडी विवादमा उत्रिए पछि बेन्चमा रहेका आशिष श्रेष्ठको रातो कार्ड पाएका थिए । खेलपछि मछिन्द्रले रेफ्रिको निर्णयको प्रतिवाद गरेका थिए ।
मछिन्द्रका प्रशिक्षक किशोर केसील रेफ्रीको निर्णयले गर्दा आजको खेल प्रभावित भएको आरोप लगाए । उनले रेफ्रिको निर्णय घिनलोग्दो भएको बताए।