मड्रिड डर्बीमा रोकियो रियल, १८ वर्षी रोड्रिगेजले गरे गोल

Read Time:2 Minute

मड्रिड डर्बीमा रियल मड्रिड बराबरीमा रोकिएको छ। ला लिगाअन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा रियल र एट्लेटिकोले १–१ गोलको बराबरी खेले।

खेलमा एट्लेटिकोका लागि जोसे मारिया जिमिनेजले गोल गरेका थिए भने रियलका लागि अल्भारो रोड्रिगेजले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ६४औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो । एन्टेनियो रुडिगरमाथि फाउल गरेपछि गर्न पुगेपछि एन्जल कोरेआ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

७८औं मिनेटमा जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । यद्यपि एट्लेटिकोले अग्रता जोगाउन भने सकेन । रियलका लागि टिनएजर अल्भारो रोड्रिगेजले ८५औं मिनेटमा गोल गर्दै खेल बराबरी गर्दै रियललाई हारबाट जोगाए। १८ वर्षीय रोड्रिगेज रियलका लागि गोल गर्ने दोस्रो कान्छा खेलाडी बनेका छन्।

बराबरीपछि रियलको २३ खेलबाट ५२ अंक भएको छ । लिग लिडर बार्सिलोनाको २२ खेलबाट ५९ अंक छ । आइतबार बार्सिलोनाले अल्मेरियालाई हराएमा रियलमाथि १० अंकको अग्रता बनाउनेछ।

एट्लेटिको मड्रिड भने २३ खेलबाट ४२ अंकसहित चौथो स्थानमै छ । एट्लेटिको तेस्रो स्थानको रियल सोसिडाडभन्दा जम्मा एक अंकले पछि छ ।

आइतबार राति नै सोसिडाड भ्यालेन्सियासँग १–० ले पराजित हादा एट्लेटिकोलाई फाइदा भएको छ।

Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
33 %
Previous post सन्दीपको मुद्दा सपना मल्ल र कुमार चुँडालको इजलासमा, पेसी पहिलो नम्बरमै
Next post सिटीको सहज जित, रोकियो लिभरपुल
Close