कोरोनाका कारण अमेरिकामा पूर्वफुटबलर पन्थीको निधन
कोरोना भाइरसका कारण नेपाली पूर्व फुटबलर महेश पन्थीको निधन भएको छ । कोरोना संक्रमण भएपछि अमेरिकाको भर्जिनियामा उपचारका क्रममा पन्थीको निधन भएको हो ।
फ्रेन्ड्स क्लबका सहिद स्मारक एक डिभिजन लिग खेलेको पन्थी निधनप्रति फ्रेन्ड्स क्लबले पनि दुःख व्यक्त गरेको छ । फ्रेन्ड्स क्लबले आफ्नो फेसबुक पेजमार्फत् एक महान खेलाडी गुमाएको बताएको छ ।
पन्थी एक दशकयता परिवारसहित भर्जिनियाको सेन्टरभिलमा बस्दै आएका थिए । परिवारमा आमा, श्रीमती, एक छोरा र छोरी छन् ।
नेपालमा ५७ जनामा कोरोनाको संक्रमण पाइएपछि अहिलेसम्म कसैको मृत्यु भएको छैन । तर, विदेशमा भने ५० जना नेपालीको मृत्यु भइसकेको छ ।