मछिन्द्र दुई खेल अगावै च्याम्पियन

SHARE TO:
Read Time:1 Minute

मछिन्द्र फुबटल क्लबले लगातार दोस्रो पटक ए डिभजिन लिग उपाधि जितेको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबमाथि १–०को जित निकाल्दै मछिन्द्र २ खेल अगावै च्याम्पियन बनेको हो ।

सातदोबाटोविरुद्धको जितसँगै शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेपछि मछिन्द्र २ खेल अगावै च्याम्पियन बनेको हो । मछिन्द्रको ११ खेलमा २९ अं भएको छ भने दोस्रो स्थानको मनाङको १० खेलमा २० अंक छ ।

सातदोबाटोविरुद्ध मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । उनले ५३औं मिनेटमा गोल गरेका थिए । सुनिल बलको क्रसमा देवेन्द्र तामाङले हेड गरेका बल सातदोबाटोका गोलकिपर अभिषेक बराललाई टच हुँदै बारमा लागेर फर्कियो । सोही बलमा नुर्लानले गोल गरे ।

खेलमा सातदोबाटोले पनि गोलका थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन । सातदोबाटो १५ अंकसहित छैठौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post आईएसएल खेल्ने दिल्ली लागे अनन्त
Next post टि–२० वरीयतामा दीपेन्द्रको फड्को, ऋषवदेखि पोलार्डलाई पछि पारे
Close