लिग च्याम्पियन सिटीलाई हराउँदै लेस्टरले जित्यो कम्युनिटी सिल्ड

Read Time:1 मिनेट

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई हराउँदै लेस्टर सिटीले कम्युनिटी सिल्ड उपाधि जितेको छ। शनिबार बेम्बली रंगशालामा भएको खेलमा लेस्टरले म्यान्चेस्टर सिटीलाई १–०ले हराउँदै कम्युननिटी सिल्ड उपाधि जितेको छ।

सिजनको सुरुआतमा हुने कम्युनिटी सिल्ड उपाधि लेस्टर सिटीले दोस्रो पटक उपाधि जितेको हो। सिटी लिग च्याम्पियन हो भने लेस्टर सिटी एफए कप विजेता हो।

लेस्टरलाई कम्युनिटी सिल्ड उपाधि दिलाउने क्रममा केइली इन्हाचोले निर्णायक गोल गरे। खेल बराबरीतर्फ उन्मूख भइरहेको बेला ८९औं मिनेटमा इन्हाचोले गोल गरेका थिए। सिटीका डिफेन्डर नाथन एकेइले इन्हाचोलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरेका थिए।

सिटीले धेरै नयाँ खेलाडीलाई मैदामान उतारेको थियो। यही खेल मार्फत नै इंग्लिस क्लब फुटबलका सबैभन्दा महँगा खेलाडी ज्याक ग्रेलिसले पनि सिटीका लागि डेब्यू गरे। ग्रेलिस १ सय मिलियन युरोमा एस्टन भिल्लाबाट सिटी आएका हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मैत्रीपूर्ण खेलमा एभर्टनमाथि युनाइटेडको सहज जित
Next post तेस्रो हारपछि बंगलादेशमाथि अस्ट्रेलियाको जित
Close