बंगलादेशमाथि माल्दिभ्सको जित

घरेलु मैदानमा जारी १३औं संस्करणको साफ च्याम्पियनसिपमा माल्दिभसले पहिलो जित निकालेको छ। पहिलो खेलमा नेपालसँग १–०ले पराजित भएको माल्दिभ्सले बिहीबार भएको खेलमा बंगलादेशमाथि २–०को जित निल्कायो।

यो जितले माल्दिभसको फाइलन प्रवेशको सम्भावनालाई जिवितै बनाएको छ। ३ अंकसहित उ तेस्रो स्थानमा छ। ४अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ।

बिहीबार राति भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन कप्तान अली अस्फाक र हाम्जा मोहम्मदले गोल गरेका थिए । उसले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

५५औं मिनेटमा हाम्जा मोहम्मदको गोलमा माल्दिभ्सले सुरुआती अग्रता लियो। ७४औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २–०को दिलाए।

खेलमा ६३ प्रतिशत बल पोजेसन बनाएको माल्दिभ्सले १२ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो । यता, बंगलादेशले ७ सट प्रहार गर्दा १ सटमात्र फ्रेममा थियो।

आगामी आइतबार हुने चौथो गेम विकमा माल्दिभ्स र श्रीलंका तथा नेपाल र भारत भिड्ने छन्।

Facebook Comments Box